महालक्ष्मी विकास बैंकले ल्यायो “महालक्ष्मी बैंक २ ३ ४ को जादु” नामक आकर्षक योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाईल एप प्रयोगकर्ताहरुको लागि “महालक्ष्मी बैंक २ ३ ४ को जादु” योजना सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत महालक्ष्मी मोबाईल एप प्रयोग गरी २ महिनासम्म ३ वटा कारोबार गर्ने ग्राहकहरु मध्ये भाग्यशाली ४ ग्राहकहरुले स्मार्ट फोन प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
 
बैंकले यस योजना हालसम्म महालक्ष्मी मोबाईल एप प्रयोग नगरेका ग्राहकहरुलाई लक्षित गर्दै नोभेम्बर १, २०२२ देखी डिसेम्बर ३१, २०२२ सम्म योजना सञ्चालन गर्न लागेको उल्लेख गरेको छ । ग्राहकले दुई महिनासम्म तीन वटा कारोबार गर्दा कारोबार रकम न्यूनतम रु. १ सय वा सो भन्दा माथि साथै कम्तीमा पनि एउटा कारोबार मोबाईल टपअपको हुनुपर्ने बैंकले जनाएको छ ।