बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड(सेबोन) ले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाइसेन्स र नयाँ कमोडिटी एक्सचेन्ज सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थागित गरेको छ ।
बोर्डले मंगलवार एक सूचना जारी गर्दै सोको जानकारी दिएको हो । कमोडिटी एक्सचेन्ज, नयाँ स्टक एक्सचेन्जलाई स्वीकृति दिने काम अर्को निर्णय नहुन्जेलसम्मका लागि स्थगित गरेको सूचनामा उल्लेख छ ।
तिहारअघि सर्वोच्च अदालतले अल्पकालीन आन्तरिम आदेश जारी गर्दै आवेदन लिने लगायतका थप काम कारवाहीहरु अर्को निर्णय नहुँदासम्म रोक्ने भनेको थियो । अदालतले आगामी कात्तिक २२ गते थप छलफलको लागि बोलाएको छ ।
बोर्डले गत असोज २ गते नयाँ स्टक एक्सचेन्ज र कमोडिटी बजारका लागि ४५ दिन भित्र आवेदन पेस गर्न सरोकारवालालाई भनेको थियो । मंगलवार नै यस्तो आवेदन दिने समय पनि सकिएको छ ।
साथै नयाँ ब्रोकर लाइसेन्स सम्बन्धी थप काम पनि अर्को निर्णय नहुँदासम्म स्थगित हुनेछ ।



About Us
प्रतिक्रिया