बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडले नेपालीहरुको महान चाडहरु दशैं, तिहार, नेपाल सम्बत ११४३ तथा छठमा आफ्ना ग्राहकहरुलाई आवश्यक सरसामान खरिद गर्दा सुबिधा होस् भन्ने हेतूले २५% सम्मको क्यासब्याक योजना ल्याएको सबैमा जानकारी नै छ । यसै अनुरुप चाडपर्वहरुमा मात्र होईन चाडपर्व पश्चात् पनि आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबारमा २५% सम्मको नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्ने ग्राहकहरुले नगदफिर्ता योजना अवधिको प्रथम कारोबार रकमको २५% वा रु. १५० सम्मको नगदफिर्ता पाउनेछन् । यस नगदफिर्ता योजना यहि २०७९ साल कार्तिक १५ गते मंगलबारबाट २०७९ साल कार्तिक ३० गते बुधबारसम्म मात्र रहने भएकोले बै्रंकका ग्राहकहरुलाई आजै नगदफिर्ता योजनाको फाइदा लिन बैंकले सम्पूर्ण ग्राहकमा अनुरोध गरेकोछ ।
ग्राहकहरुलाई विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले चाडपर्वहरुमा मात्र नभई बैंकले चाडपर्व पश्चात् पनि २५% सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको बैंकले जनाएको छ ।
विद्मुतिय कारोबारमा बैंकका ग्राहकलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि विभिन्न नगदफिर्ता तथा छुटको योजनाहरु ल्याई ग्राहकहरुलाई लाभाम्वित बनाउन बैंक प्रतिवद्ध रहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।



About Us
प्रतिक्रिया