बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले १६ अर्ब बढी आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले आज कार्तिक १४ गते सोमबार १६ अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बोलकबोल गरि मंगलबार बिल निष्काशन गर्ने तयारी गरेको हो ।
राष्ट्र बैंकले ९१ दिन अवधिको ५ अर्ब १० करोडको ट्रेजरी बिल, १८२ दिन अवधिको १० अर्बको ट्रेजरी बिल र ३६४ दिन अवधिको १ अर्ब ५६ करोडको ट्रेजरी बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । यो पुरानो ट्रेजरी बिलको नवीकरण हो। राष्ट्र बैंकले यस अघि जारी गरिएको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
सोमबारको बोलकबोल गरेपछि राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत समय समयमा यस्ता ऋणपत्र बिक्री गर्दछ ।
राष्ट्र बैंकले यस अघि असोज ३१ गते १८ अर्ब २० करोडको ट्रेजरी बिल बोलकबोल गरेको थियो ।



About Us
प्रतिक्रिया