एनआईसी एशिया क्यापिटलद्धारा संचालित ३ योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया क्यापिटल अन्तर्गतका तीन योजनाहरूको लाभांश सुरक्षित गर्ने आज (कात्तिक १४ गते) अन्तिम दिन रहेको छ । कात्तिक ७ गतेदेखि बन्द रहेको धितोपत्र दोस्रो बजार कात्तिक १४ गतेदेखि खुला हुनेछ ।

तिहार र छठ पर्वको विदापछि बजार खुलेको दिन नै एनआईसी एशिया क्यापिटल अन्तर्गतका तीन योजनाहरू एशिया डाइनामिक डेप्ट फण्ड, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । 

गत आर्थिक वर्ष ०७८/७९ को सञ्चित मुनाफाबाट एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले करसमेत ६ प्रतिशत, एनआईसी एशिया ब्यालेन्स्ड फण्डले करसमेत १३ प्रतिशत र एनआईसी एशिया ग्रोथ फण्डले पनि करसमेत १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेका छन् ।

प्रस्तावित लाभांश प्रयोजनका लागि तीन ओटै फण्डहरूले कात्तिक १५ गते एक दिन बुक क्लोज गर्ने भएका छन् । बुक क्लोजको आधारमा तीन ओटै योजनाको लाभांश कात्तिक १४ गतेसम्म कायम इकाईधनीहरूले मात्र प्राप्त गर्ने भएका हुन् । एनआईसी एशिया डायनामिक डेप्ट फण्ड खुलामुखी योजना हो भने एनआईसी एशिया ग्रोथ फण्ड सातवर्षे र एनआईसी एशिया ब्यालेन्स्ड फण्ड १० वर्षे अवधिका बन्दमुखी योजना हुन् ।