बैंकिङ्ग समाचार, काठमाडौं ।
निरन्तर रुपमा ओरालो लागिरहेको शेयरबजारमा आज दोहोरो अंकको वृद्धि भएको भएको । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तिहार अघिको अन्तिम कारोबारको आइतबार दोहोरो अंकले बढेर बन्द भएको हो ।
आज नेप्से १४.३५ अंकले बढेर १ हजार ८ सय ५८ दशमलब ४९ विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १.३८ अंकले घटेर १ हजार ८ सय ४४ दशमलब १४ विन्दुमा बन्द भएकोे थियो ।
त्यस्तै, आज नेप्से बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । आज नेप्सेमा ५१ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ५० करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये १३५ वटा कम्पनीको शेयरमूल्य बढेको छ, ३९ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सयपत्री हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २५९.१० रुपैयाँ पुगेको छ । भने रुरु जलविद्युत्त कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८३६ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज सिटिजन म्युचुलअल फण्ड २ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एभरेष्ट बैंकको भएको छ । यसको आज पाँच करोड १६ लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया