झिनो अंकको गिरावट भएको नेप्सेमा आज ५० करोडको मात्र कारोबार

झिनो अंकको गिरावट भएको नेप्सेमा आज ५० करोडको मात्र कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
निरन्तर रुपमा ओरालो लागिरहेको शेयरबजारमा आज पनि घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको अन्तिम दिन बिहिबार झिनो अंकले घटेको हो । आज नेप्से १.३८ अंकले घटेर १ हजार ८ सय ४४ दशमलब १३ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से १२.८१ अंकले घटेर १ हजार ८ सय ४५ दशमलब ५१ विन्दुमा बन्द भएको थियो । 

त्यस्तै, आज नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ५० करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ६४ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका कम्पनीमध्ये ७८ वटा कम्पनीको शेयरमूल्य बढेको छ, ९५ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सयपत्री हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २५९.१० रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार सेन्चुरी डिबेन्चर र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यि दुवै कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अभियान लघुवित्त वित्तीय संस्थाको  भएको छ । यसको आज तीन करोड ६९ लाख भन्दा बढीको कारोबार भएको छ ।