बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले आज कार्तिक २ गते बुधवार काठमाडौं स्थित न्यूरोड गेटमा र ललितपुर स्थित भैंसेपाटी र लुभूमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।
बैंकले यस क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो ।
उक्त शाखाहरु विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९३ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ ।



About Us
प्रतिक्रिया