बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको चौथो दिन बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से १२.८१ अंकले घटेर १ हजार ८ सय ४५ दशमलब ५१ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से २.६१ अंकले घटेर १ हजार ८ सय ५८ दशमलब ३३ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्से घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज नेप्सेमा ६४ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ५१ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये २३ वटा कम्पनीको शेयरमूल्य बढेको छ, १५८ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८८८.८० रुपैयाँ पुगेको छ । सयपत्री हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता २३५.६० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार पिपुल्स पावर लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटलको भएको छ । यसको आज तीन करोड ७२ लाख भन्दा बढीको कारोबार भएको छ ।



About Us
प्रतिक्रिया