बैंकिङ्ग समाचार, काठमाडौं ।
बिश्व लगानीकर्ता सप्ताह २०२२ को अवसरमा सुन्धारा सेक्युरिटिजले बाराको सिमरामा लगानीकर्ता सचेतना अभिबृद्धि कार्यक्रम गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत एक दिने लगानीकर्ता सचेतना अभिबृद्धि सम्बन्धि प्रशिक्षण दिएकोे सुन्धारा सेक्युरिटिजका कार्यकारी प्रमुख फणिन्द्र ढकालले बताए ।
कार्यक्रममा अजय ढुंगाना, सुरज कार्की र किशोर भट्टले शेयर बजारसम्बन्धि जनमानसमा रहेको गलत धारणा चिर्दै लगानी गर्दा अपनाउँनुपर्ने सतर्कता र जोखिम न्युनिकरण गर्ने तरिकालगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
जीतपुर सिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उनले शेयर कारोबारको माध्यमबाट वीरगंज पथलैया औद्योगिक करिडोरलाई ब्यवस्थापन गर्न सकिने बताउँदै जीतपुरसिमरा उपमहानगरपालिका शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुदको हबको रुपमा बिकास हुँदै गएका कारण यस क्षेत्रमा लगानी गर्न आहवान समेत गरे ।
कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरी, होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष अर्जुन लम्साल, जीतपुर सिमरा बैकर्स एसोसियसनका अध्यक्ष कृष्ण गौतमलगायतको सहभागिता थियो ।



About Us
प्रतिक्रिया