मुक्तिनाथ विकास बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, मुद्दतीमा १४% र कर्जामा १८.७५% सम्म ब्याज

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि कार्तिक १ गते, मंगलबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले कार्तिक महिनाका लागि असोज महिनामा कायम ब्याजदरलाई नै निरन्तरता दिएको छ । 

बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ८ प्रतिशतदेखि अधिकतम १० प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ११ प्रतिशत देखि अधिकतम १४ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १४ प्रतिशत व्याज प्रदान गर्ने छ । 

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ११.७५ प्रतिशत रहेको छ । यस आधार दरमा ७ प्रतिशत थप गरेर बैंकले कर्जामा ब्याज लिने छ । यस हिसाबमा कर्जाको ब्याजदर १८.७५ प्रतिशत पुगेको छ ।

\"634cb25b16247.jpg\"