बैंकिङ्ग समाचार, काठमाडौं ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको कात्तिक ४ गते १२ औं साधारणसभा हुने भएको छ । सभा बिहान ११ बजे कम्पनीको प्रधान कायर्मलय तिनकुने काठमाडौंमा हुने भएको हो ।
कम्पनीले यस साधारणसभाबाट २०७६/७७ को मुनाफाबाट ७.४२२५ प्रतिशत बोनस शेयर र ०.३९१६ प्रतिशत नगद लाभांश विरण गर्ने पारित गर्नेछ । कम्पनीले यसका लागि असोज २६ गते बुक क्लोज गरिसकेको छ ।
त्यसैगरी गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्ससँग एकै साथ मर्जरमा जाने प्रकृयामा रहेको छ । एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सभाले मर्जर कार्यका लागि सम्पुर्ण अख्तियारी संचालक समितिलाई जिम्मा दिने प्रस्ताव साधारणसभाले पारित गर्नेछ ।
प्रतिक्रिया