ग्लोबल आइएमई बैंकको विद्युतिय कारोबार सेवा भोलि ४ घण्टासम्म अवरुद्ध रहने


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंकको विद्युतिय कारोबार भोलि एक दिन बन्द रहने भएको छ । बैंकले कार्तिक २ गते बुधबार विहान १ः३० बजेदेखि सोही विहानी ५ः३० बजेसम्म बैंकको कार्ड कारोबार स्विचिंङ सेवा प्रदायक संस्थाको नेटवर्क स्विचमा कार्ड नेटवर्कको म्यान्डेड इन्स्टल गर्नुपर्ने भएकाले सो समयबीचमा बैंकबाट जारी गरिएका सबै कार्ड मार्फत हुने कारोबार तथा एटिएम र पिओएस सेवा आवरुद्ध हुने भएको बैंकले जानकारी दिएको हो ।

उक्त समयमा दैनिक रुपमा आवश्यक विद्युतिय कारोबारका लागि अन्य बैकल्पिक माध्यमबाट कारोबार गर्न आग्रह गरेको छ ।

\"\"