आशा लघुवित्तको लिलामी शेयरमा आवेदन दिने समय थप

आशा लघुवित्तको लिलामी शेयरमा आवेदन दिने समय थप


बैंकिङ्ग समाचार, काठमाडौं ।
आशा लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने समयावधि थप भएको छ । आवेदकले अब कात्तिक २२ गतेसम्म लिलामीमा शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले असोज २३ गतेदेखि ७ लाख ८९ हजार ९०० कित्ता संस्थापक समूहको शेयर लिलामीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक योग्य व्यक्तिले आगामी कात्तिक २२ गते कार्यलय समयसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयरको मूल्य प्रतिकित्ता रू. ३९५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिनेछ ।

आवेदकले शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याका लागि कुनै पनि हद नलाग्ने कम्पनीले जानकारी दिएको छ । विक्री प्रबन्ध्कमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।