बैंकिङ्ग समाचार, काठमाडौं ।
इष्टर्न हाइड्रोपावर लिमिटेडले शुक्रबारदेखि सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा १० लाख बढीको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार साँझ ५ः०५ बजेसम्ममा कम्पनीको आईपीओमा १० लाख २८ हजार ५३ वटा आवेदनबाट १ अर्ब १६ करोड ६८ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ६८ हजार ८९० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको ६ लाख २३ हजार ३८९ कित्ता शेयरको १८.७१ गुणा बढी हो ।
कम्पनीले शुक्रबार देखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको छ । त्यसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी रहने ६ लाख २३ हजार २८९ कित्ताका लागि मात्रै आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले कार्तिक १ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमवि क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले निष्काशन गरेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयरएनपी बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले सयममा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँछ ।
प्रतिक्रिया