महालक्ष्मी विकास बैंकले १० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असोज २७ गते सेबोनमा निवेदन दिएको हो ।

कम्पनीले आगमी १० वर्ष सम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । कुल १० लाख कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र ६ लाख कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।