पछिल्लो साता बैंकहरुको निक्षेपमा ८ अर्बको वृद्धि, कर्जा भने स्थिर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
गत साता वाणिज्य बैंकहरुको निक्षेप बढेको छ भने कर्जा स्थिर रहेको छ । कमर्शियल बैंकको छाता संगठन नेपाल बैंकर्स संघ, एनबिएका अनुसार एक हप्तामा कमर्शियल बैंकको निक्षेप ८ अर्बले बढेको छ भने कर्जा  स्थिर रहेको छ। 

असोज २१ गतेदेखि असोज २८ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप ४५ खर्ब ११ अर्बबाट ८ अर्बले बढेर ४५ खर्ब १९ अर्ब पुगेको छ । त्यस्तै कर्जा लगानी स्थिर रहँदै ४१ खर्ब ९३ अर्ब कायम रहेको छ ।  

दशैँको समयमा बैंकिंग प्रणालीबाट बाहिरिएको रकम दशैँ सकिएपछि पुन: बैंकिंग प्रणाली मै फर्कने थालेसँगै निक्षेप बढ्न थालेको हो ।