सानिमा बैंकको ‘थ्री इन वान’ खातामा थपियो मेरोशयर र सि–आश्वा सुविधा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई शेयर कारोबार प्रकृयामा थप सहजता र सरलता प्रदान गर्न थ्री इन वान (3 in 1) खाताको प्रणाली अपग्रेड गरेको छ । ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, डिम्याट खाता, ट्रेडिङ खाताको साथै सीआस्वा र मेरो शेयरको आवेदन पनि दिन सक्ने बैंकले जनाएको छ ।

साथै, थ्री इन वान पोर्टलको ड्यासबोर्डमा बैंकले सहज र सरल प्रकयाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार यो खाता खोल्न ग्राहकहरुले घरमै बसी सानिमा बैंकको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् । खाता भइसकेका ग्राहकले समेत यसबाट सीआश्वा तथा मेरो शेयरको सुबिधा लिन सक्ने बैंकले जनाएको छ ।

सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रुपमा संचालनमा ल्याएको यस खातामा ग्राहकहरुले अनलाइन मार्फत् दोस्रो बजारबाट शेयर खरिद र बिक्री गर्न सक्नेछन् । यो खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पाना ग्राहकले बैंकको वेबसाइटबाट थ्री इन वान एकाउन्टमा क्लिक गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ । आईपिओ मार्फत् शेयर खरिद गरेका ग्राहकहरुले समेत केही प्रकृयाहरु पूरा गरी यो खाता मार्फत सजिलै शेयर बिक्री गर्न मिल्ने सुविधा रहेको बैंकले जनाएको छ ।

सानिमा बैंकको सातै प्रदेशमा १२९ वटा कार्यालयहरु र १२२ वटा एटिएम संजालहरु रहेका छन् ।