कुमारी बैंकले लाभांश पारित गर्न बोलायो साधरण सभा, बुक क्लोज मिति पनि तय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेडले कात्तिक २१ गते २२औं वार्षिक साधारण सभा आव्हान गरेको छ । बैंकको असोज ३० गतेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्ग्याउनेछ । 

सभाले प्रस्तावित कर समेतको १२ दशमलव ५० प्रतिशत नगद लाभांशलाई समेत स्वीकृत गर्नेछ । हाल बैंकको चुक्तापूँजी रू. १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले यस वर्ष नगद लाभांश मात्र वितरण गर्न लागेको हो ।

यससँगै बैंकले आगामी कार्त्तिक १४ गते बुक क्लोज गर्ने भएको छ । सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश प्रयोजनको लागि उक्त एकदिन बुक क्लोज गर्न लागेको हो ।

हाल कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकबीच मर्जर प्रकृया अघि बढेकोले असोज ११ गतेदेखि नै संस्थाको शेयर कारोबार रोक्का रहेको छ । यससँगै नेप्सेमा असोज ११ गतेभन्दा अघिसम्म शेयर कारोबार भएकाले कार्त्तिक १४ गतेभित्र शेयरधनी दर्ता कितावमा दाखिल खारेज नामसारी भई सेयर कायम रहेका शेयरधनीहरु प्रस्तावित लाभांश पाउन योग्य हुने बैंकले जानकारी गराएको छ ।