बैंकिङ्ग समाचार, काठमाडौं ।
वाणिज्य बैंकहरुले कात्तिक महिनामा पनि असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । कात्तिक महिनाको लागि सोमबार प्रकाशित नयाँ ब्याजदर सूचना अनुसार बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छैनन् ।
बैंकहरुले असोज महिनामा विगत ६/७ महिनादेखि स्थिर रहेको ब्याजदर बढाएका थिए । अधिकांश बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ करिव ९.१३ प्रतिशत ब्याजदर प्रदान गरिरहेका छन् । यस्तै, बैंकहरुले रेमिट्यान्स मुद्दति खातामा १५ प्रतिशतसम्म ब्याजदर तोेकेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०.३३३ प्रतिशत ब्याजदर तोकेका छन् ।
अहिले ब्याजदर उच्च रहेकाले कर्जाको लागत पनि बढेको छ । हाल बैंकहरुले कर्जामा १८ प्रतिशतभन्दा बढी ब्याजदर लिने गरेका छन् । ब्याजदर उच्च भएपछि बेस रेट बढेपछि कर्जाको लागत बढेको हो । बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर कात्तिक १ गतेदेखि लागू हुनेछ ।
हरेक महिना बैठक बसेर ब्याजदरसम्बन्धि निर्णय गर्दै आएका बैंकहरुले, यस महिना भने बैठक नबसी अनौपचारिक रुपमा निक्षेपको ब्याजदर नबढाउने सहमति गरेका थिए । सोही अनुसार बैंकहरुले ब्याजदर स्थिर राखेका हुन् । ब्याजदर बढाउदा लागत मात्रै धेरै बढ्ने हुँदा अहिले बैंकरहरुले निक्षेपको ब्याजदर नबढाउने निश्कर्ष निकालेका हुन् ।



About Us
प्रतिक्रिया