मुक्तिनाथ कृषि कम्पनीको चौथो साधारण सभा सम्पन्न, ५५.५५% हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ बिकास बैंक तथा नेपालका विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको लगानीमा स्थापना भई समग्र कृषि मूल्य शृंखलामा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने उद्देश्यका साथ अगाडी बढिरहेको मुक्तिनाथ कृषि कम्पनीले आफ्नो चौथो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । 

गत आश्विन २८ गते बसेको साधारण सभाले सामान्य प्रस्ताव अन्तर्गत अध्यक्षको आ.व. २०७८/७९ को बार्षिक प्रतिबेदन उपर छलफल तथा पारित, सोहि आ.व. को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका विवरण उपर छलफल तथा पारित र आगामी आर्थिक बर्षको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरेको छ, भने बिषेश प्रस्तावहरु मार्फत ५५.५५% हकप्रद शेयर निष्कासन, कम्पनीको चुक्ता तथा जारी पुँजी क्रमशः ५६ करोड र ७० करोड पुर्याउने प्रस्ताव पारित गरेको छ । 

साथै कम्पनीको प्रबन्ध पत्र तथा नियमावली उपर संसोधन प्रस्ताव समेत पारित गरेको छ । कार्यक्रमको अध्यक्षता गर्नुभएका कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले कम्पनीको प्रगति विवरण तथा भावी कार्ययोजनाहरु प्रस्तुत गरेका थिए ।  साथै कम्पनीले अब आगामी वर्षहरुमा आफ्ना शेयरधनीहरुलाई प्रतिफल दिनेगरी अगाडी बढिरहेको बताए । सञ्चालक समितिका सदस्य सिताराम काफ्लेले स्वागत मन्तव्य राख्दै कम्पनिले आफ्नो उद्देश्य प्राप्तिका निमित्त कम्पनी पूर्ण रुपमा गतिशील रहेको बताएका थिए । कम्पनीका सचिव एवं नायव महाप्रवन्धक रामशरण तिमल्सिनाले संचालन गरेको उक्त सभालाई अतिथिको रुपमा सम्बोधन गर्दै मुक्तिनाथ बिकास बैंकका कार्यकारी अधिकृत पद्युमन पोख्रेलले नेपालको कृषि व्यबसायमा  मुक्तिनाथ कृषि कम्पनीले उदाहरणीय कार्यहरु गर्दै आइरहेको बताए ।