बैंकिङ्ग समाचार, काठमाडौं ।
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले अवितिरित हकप्रद शेयर शिलबन्दी बोलपत्रद्वारा बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको ३ लाख ५५ हजार ६० कित्ता शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो ।
बरुण हाइड्रो पावर कम्पनी लिमिटेडले भदौ ६ गतेदेखि ३१ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको अवतिरित हकप्रद शेयर लिलामी प्रकृयाबाट विक्री गर्ने भएको छ । कम्पनीले साउन १ गतेसम्म कायम शेयरधनीहरूका लागि हाल कायम चुक्ता पुँजी रू. २६ करोड ७९ लाख ७ हजार ५०० को आधारमा १ः१ को अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो ।
पहिलो चरणमा सर्वसाधारण तर्फको ३ लाख ५५ हजार ६० कित्ता शेयर भने वितरण हुन नसकेको हो । उल्लेखित कित्ता शेयर कात्तिक १४ गतेदेखि २१ गतेसम्म लिलामी प्रकृयाबाट विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
यो शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्दै बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ । यो शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
प्रतिक्रिया