बैंकिङ्ग समाचार, काठमाडौं ।
समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्तबीच मर्जर सम्झौता भएको छ । दुई संस्थाबीच बुधबार साँझ मर्जर सम्झौता भएको हो ।
समीट लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १० मा रहेको छ । त्यस्तै नेशनल माइक्रोफाइनान्स लघुवित्तको केन्द्रीय कार्यलय धादिङ जिल्ला निलकन्ठ नगरपालिका वडा नं. ३ मा रहेको छ ।
दुई संस्थाबीच एक आपसमा मर्जमा जाने सम्झौता भएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुवै कम्पनीको शेयर कारोबार रोक्का भएको छ ।
प्रतिक्रिया