तरलता सहज बनाउन राष्ट्र बैंकले रिपो मार्फत ३० अर्ब बजारमा पठाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि बिहिबार (आज) ३० अर्ब रुपैयाँको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकले बिहीबार ३० अर्ब रुपैयाँको रिपोको बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

बैंकले यही कात्तिक ३ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ्ग प्रणालीमा प्रवाह गर्न लागेको हो । बोलकबोल मार्फत जारी हुने सो रिपोको क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडीङ मार्फत् खरिद गर्न सक्नेछन् ।

बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ ।