बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत भएको छ । बुधबार मात्रै कोषको ३० प्रतिशत बापतको ९८ लाख १० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
अब यो बोनस शेयर शेयरधनीले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।
यसअघि संस्थाको ४ करोड ५२ लाख १० हजार ४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै, कोषको चुक्ता पुँजी ४ अर्ब २५ करोड रुपैयाँ छ ।
प्रतिक्रिया