रुरु जलविद्युतको १०% बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

रुरु जलविद्युतको १०% बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
रु रु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असोज २६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज २७ गते बुकक्लोज गर्दैछ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित उक्त लाभांश पारितका लागि कम्पनीले कार्तिक ४ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ । सभा बानेश्वर ब्याङ्केट, थापा गाउँ, नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाएको छ ।