बैंकिङ्ग समाचार, काठमाडौं ।
सिभिल बैंकले निष्काशन गरेको 'सिभिल बैंक डिबेञ्चर २०८८' ऋणपत्रको ब्याज भुक्तानी समय अवधि परिवर्तन गरेको छ ।
यस ऋणपत्रको कम्पनीले ब्याज भुक्तानी त्रैमासिक रुपमा प्रत्येक पुस १५,चैत १५, असार १५ र असोज १५ मा भुक्तानी भइरहेकोमा अब परिवर्तन भएको जानकारी गराएको हो ।
असोज १४ को नेपाल धितोपत्र बोर्डको स्वीकृती अनुसार अव उप्रान्त उक्त ऋणपत्रको ब्याज भुक्तानी प्रत्येक त्रैमास अवधी समाप्तिको पछिल्लो कार्य दिनमा (साउन, कात्तिक, माघ र वैशाख महीनाको पहिलो कार्य दिन) हुने कम्पनीले जनाएको छ ।



About Us
प्रतिक्रिया