बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंकको ५० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी विक्रीमा आएको छ ।
कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी उक्त संख्याको संस्थापक शेयर विक्रीमा ल्याएको हो ।
खरीद गर्न इच्छुक खरीदकर्ताहरुले आजको मितिले १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौंमा निवेदन आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।



About Us
प्रतिक्रिया