बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएलजी इन्स्योरेन्स कम्पनीको सिइओमा सुनिल बल्लभ पन्त पुनः नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असोज १३ गतेको निर्णयअनुसार असोज २४ गतेदेखि लागू हुने गरी पन्त पुनः सिइओ नियुक्त भएका हुन् ।
बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाअनुसार सिइओमा पन्तलाई एक कार्यकाल थप गरी पुन: नियुक्त गरिएको कम्पनीले जनाएको छ । सिइओ पन्तको कार्यकाल थप चार वर्षको हुनेछ ।
प्रतिक्रिया