दशैंपछिको दोस्रो कारोबार दिनमै उच्च अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब नजिक

दशैंपछिको दोस्रो कारोबार दिनमै उच्च अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब नजिक


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो कारोबार दिन आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से २७.१६ अंकले घटेर १ हजार ८ सय ७१ दशमलब २२ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा ९७ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज कारोबार भएका कम्पनीमध्ये १९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि १ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५०१.९० रुपैयाँ पुगेको छ ।  

नेप्सेका अनुसार गरिमा डिभेञ्चर २०८५ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड प्रमोटर शेयरको  भएको छ । यसको आज १६ करोड ५८ लाख भन्दा बढीको कारोबार भएको छ ।