सानिमा बैंकको नयाँ शाखा अब ठिमी र कपनमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंक लिमिटेडले  आश्विन १४ गते ठिमी र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवाविस्तार गरेको छ । उक्तशाखाहरुको समुद्घाटनब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका संचालक भरत कुमार पोख्रेलले संयुक्त रुपमा गरेका थिए । 

समुद्घाटन् समारोहमा मह जोडीले ठिमी र कपनमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमानिरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका थिए  ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै गुणस्तरीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए । 

सानिमा बैंकको देशका सातै प्रदेशमा १२९ शाखा कार्यालय र १२० वटा एटिएम संजालहरु संचालनमा रहेका बैकले जनाएको छ ।