बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आइतबार आज दोहोरो अंकले बढेको छ । दशैंको लामो विदापछि खुलेको बजारमा कारोबार रकममा पनि सुधार आएको छ । दशैं अघि दोहोरो अंकको वृद्धि भएर बजार बन्द भएको थियो ।
आज नेप्से ४४.६२ अंकले बढेर १ हजार ८ सय ९८ दशमलब ३८ विन्दुमा बन्द भएको छ ।
त्यस्तै, शेयरबजार बढे पनि कारोबार रकममा पनि सुधार आएको छ । आज नेप्सेमा ८३ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि नेप्सेमा ६६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये १७२ वटा कम्पनीको शेयरमूल्य बढेको छ, ११ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज २ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २३१ रुपैयाँ पुगेको छ । त्यस्तै, उपकार लघुवित्त संस्थाको शेयर ९.८४ प्रतिशतले वृद्धि भएर तीन हजार चार सय ६० रुपैयाँ पुगेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सको भएको छ । यसको आज २२ करोड ६९ लाखभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया