अमेरिकाले नेपालको कृषि उद्यम प्रवर्द्धन गर्न लक्ष्मी बैंकमार्फत् ६ अर्ब लगानी गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालमा कृषि व्यवसायलाई प्रवर्द्धन गर्न अमेरिकी सहयोग नियोग यूएसएडले लक्ष्मी बैंकलाई ४ करोड ५० लाख अमेरिकी डलर (५ अर्ब ८७ करोड ५५ लाख ५५ हजार रुपैयाँ) कर्जा लगानी गर्ने भएको छ ।

लघु तथा मझौला कृषि उद्यमको प्रवर्द्धनको लागि यूएसएआइडीले दिने ४ करोड ५० लाख प्रत्यक्ष कर्जा र २५ लाख अमेरिकी डलर (३२ करोड ६४ लाख १९ हजार रुपैयाँ) अमेरिकी डलर‌ कर्जा ग्यारेन्टीले नेपालमा कृषि व्यवसायमा संलग्न लघु उद्यमीलाई पूँजी लगानीका लागि कर्जा उपलब्ध गराउने डेभलपमेन्ट क्रेडिट अथोरिटीको वेबसाइटमा उल्लेख गरिएको छ ।

लक्ष्मी बैंकलाई‌ दिइने कर्जा रकमको स्वीकृति डेभलपमेन्ट क्रेडिट अथोरिटीको बैठकले स्वीकृत गरेको छ ।

सन् २०१६ मा यूएसएआइडीमार्फत् डेभलपमेन्ट क्रेडिट अथोरिटीले लक्ष्मी बैंकसँग ८ वर्षे सम्झौता गरेको थियो । त्यसबेला ५०‌ लाख अमेरिकी डलर(६५ करोड २८ लाख ३९ हजार रुपैयाँ) लगानीको सहमति भएको थियो ।