कुमारी र एनसीसी बैंकबीचको मर्जरले पायो राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी र एनसीसी बैंकले राष्ट्र बैंकबाट मर्जरका लागि सैद्धान्तिक सहमति पाएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार सैद्धान्तिक स्वीकृति दिएको हो । असोज ९ गते मर्जरको सम्झौता गरेका थिए । दुवै बैंकले मर्जरका लागि चार दिनमै स्वीकृति पाएका हुन् ।

यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बैंकको सिईओ बन्ने बताइएको छ । कुमारीका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ । एनसीसी बैंकका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना ल्याइने छ । बैंकको यकिन स्वाप रेसियो भने डीडीएपछि थाहा हुने बताइएको छ ।

दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने देखिएको छ । दुई साताअगाडि मात्रै नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्याङ्क अनुसार कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ रहेको छ ।