कुमारी बैंकको लाभांश घोषणा, शेयरधनीले पाउदै साढे १२% नगद लाभांश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । बैंककाे आज असोज १४ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले बाेनस सेयर भने प्रस्ताव गरेकाे छैन ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने बैंकले जनाएको छ ।

कुमारी बैंक एनसीसी बैंकसँग मर्जरको प्रक्रियामा रहेकोले हाल शेयर कारोबार भने रोक्का भएको हुनाले बुक क्लोज नहुने कम्पनीले जानकारी गराएको छ । त्यस्तै, साधारण सभाको मिति पनि हाललाई तय भइसकेको छैन ।

\"633690aef083d.jpg\"