सानिमा बैंकको दशैँ अफर: मोबाइल बैंकिङ्ग एपबाट क्युआर भुक्तानी गर्दा १०% छुट

सानिमा बैंकको दशैँ अफर: मोबाइल बैंकिङ्ग एपबाट क्युआर भुक्तानी गर्दा १०% छुट

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकले नेपालीहरुको महान चाड वडा दशैंं र तिहारको अवसरमा विशेष छुट अफर सार्वजनिक गरेको छ । 

यस योजना अनुसार दशैंं र तिहारको अवसरमा सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी क्युआरमार्फत् भुक्तानी गर्ने ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको छुट पाउनेछन् ।

यो योजना २०७९ आश्विन १६ देखि २२ गते र कार्तिक ७ देखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुने बैंकले जनाएको छ । यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम संचालनमा रहेका छन् ।