काठमाडौं – नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी चैत १९ गते मंगलबार ७६ औं वार्षिक साधारणसभा बोलाएको छ। सञ्चालक समितिको बैठकले काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।
सभामा हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश कर तिर्न वितरणको प्रस्ताव पेश गरिनेछ। चुक्ता पूँजीको ४० प्रतिशत पछि संशोधन हुन सक्ने हकप्रद शेयर र बोनस शेयर जारी गरेपछि कम्पनीको जारी तथा चुक्ता पूँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा चैत ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया