स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त


काठमाडौं – स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त गर्ने निर्णय गरेको छ । ४ महिनादेखि रिक्त रहेको कार्यकारी निर्देशकमा सरकारले काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको हो।

समितिले माघ २४ गते एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो । समितिले प्राप्त दरखास्तका आधारमा १० जनाको उम्मेदवारको फागुन १९ गते लोकसेवा आयोगमा लिएको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको थियो। त्यसपछि तीमध्ये ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरिएको हो ।

कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । डा. रघुराज काफ्ले सहित डा. कृष्ण अधिकारी र कमल पन्थीको नाम सिफारिस भएको थियो । वैदेशिक रोजगार बोर्डको कार्यकारीको भूमिका निर्वाह गरेका उनी गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष पनि थिए ।