दशैंअघि नेप्सेमा बिहीबार दोहोरो अंकको वृद्धि, कारोबार रकम ६३ करोड मात्र

दशैंअघि नेप्सेमा बिहीबार दोहोरो अंकको वृद्धि, कारोबार रकम ६३ करोड मात्र


बैंकिङ्ग समाचार, काठमाडौं ।
सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १६.२९ अंकले बढ्दै १ हजार ८ सय ५३ दशमलव ७६ अंकमा उक्लिएको हो ।

आज सेयर कारोबार भने ६३ करोडमा नै सीमित भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार यस दिन कुल ६३ करोड २४ लाख ७ हजार ६२८ रुपैयाँको कारोबार भएको छ ।  

सबैभन्दा बढी माइक्रोफाइनान्स समूहको उपसूचक १.६५ प्रतिशतले बढेको छ भने इन्भेष्टमेन्ट समूह १.४३ प्रतिशतले, म्युचुअल फन्ड १.२६ प्रतिशतले, म्यानु एण्ड प्रो १.२४ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह १.१९ प्रतिशतले र बैंकिङ समूह १.०३ प्रतिशतले बढेको छ । अन्य समूह भने १ प्रतिशत भन्दा कमले वृद्धि भएका छन् ।