भुजुङ हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

भुजुङ हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
भुजुङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणहरुमा साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १ सय रूपैयाँ अंकित दरको ५ लाख ८५ हजार कित्ता शेयर निष्काशन गर्नको लागेको हो ।  

शेयर निष्काशनका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता—पत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेम राज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् । 

हाल भुजुङ हाइड्रोपावर लिमिटेडको अधिकृत पूँजी ५० करोड रूपैयाँ, जारी पूँजी ४३ करोड रूपैयाँ, र चुक्ता पूँजी ३२.७२५ करोड रूपैयाँ रहेको छ । सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावा क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट विकास गरिरहेको छ ।