सिटिजन्स बैंकको वार्षिक साधारणसभा मिति तय, ९% नगद लाभांश स्वीकृत गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंकले साधारणसभा मिति तय गरेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले बैंकको सोह्रौं वार्षिक साधारणसभा कार्तिक ४ गते बिहान ११ः०० बजे अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा संचालन गर्ने निर्णय गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ । सभामा आ.व. २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल एवं लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात र मिति २०७८/०४/०१ देखि २०७९/०३/३२ सम्मको नाफा नोक्सानको हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल लगायत सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार ९ प्रतिशतका दरले हुन आउने रु. १,२७,८०,८७,६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने विषयहरु साधारण सभाका प्रस्तावहरु रहने बैंकले जनाएको छ ।

सभामा बैंकले अन्य बैंकसँग मर्जरमा जान वा बैदेशिक साझेदारीमा जामनको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ । साधारणसभा प्रयोजनको लागि बैंकले असोज २८ गते बुकक्लोज गर्ने भएकोले असोज २७ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

सिटिजन्स बैंक  १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।