निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै आइजीआई प्रुडेन्सियल

निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै आइजीआई प्रुडेन्सियल



काठमाडौं – आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चैत १२ देखि १५ गतेसम्म निर्जीवन बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको छ । तालिममा सहभागि हुन्को लागि कम्तीमा प्लस टू गरेको हुनु पर्नेछ।

इच्छुक व्यक्ति वा संस्थाले आवश्यक पर्ने कागजात सहित चैत ११ गतेभित्र निवेदन दिइसक्नु पर्नेछ। तालिम बिहान १० बजेदेखि बेलुकीको ४ बजेसम्म अनलाइन मार्फत् सञ्चालन हुनेछ।

तालिमपछि अभिकर्ताको इजाजत पत्र प्राप्त गर्नका लागि चैत १५ गते दिउँसो २ बजे परीक्षा सञ्चालन गरिने कम्पनीले जनाएको छ।