नेप्सेमा गिरावट जारि, २३.८३ अंकले घटेको बजारमा १ अर्ब माथिको कारोबार

नेप्सेमा गिरावट जारि, २३.८३ अंकले घटेको बजारमा १ अर्ब माथिको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आइतबार आज दोहोरो अंकले घटेको छ । आज नेप्से २३.८३ अंकले घटेर १ हजार ८ सय १५ दशमलब १३ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से ९.८३ अंकले घटेर १ हजार ८ सय ३८ दशमलब ९६ विन्दुमा बन्द भएका थियो । 

त्यस्तै, शेयरबजार घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । आज नेप्सेमा १ अर्ब ७ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ६५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका कम्पनीमध्ये १२ वटा कम्पनीको शेयरमूल्य बढेको छ, १७४ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३४७.६० रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार आज तेह्रथुम पावर कम्पनी र कुमारी धनवृद्धि योजनाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २६ करोड २ लाखभन्दा बढीको कारोबार भएको छ ।