बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान चाड दसैँको अवसर पारी ग्राहकहरुलाई लक्षित गर्दै दशैंको बहार, क्यासब्याक उपहार योजना सार्वजनिक गरेको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ, बैंकले असोज ८ गते देखि लागु हुने गरी उक्त योजना ल्याएको हो ।
यस योजना अन्तर्गत ग्राहकमहानुभावहरुले यहि आश्विन ८ गते देखि १४ गते सम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पिओएस अथवा अनलाइन कारोबार गर्दा २०% (अधिकतम रु. २००) क्यासब्याक पाउन सक्ने बैंकले जनाएको छ ।
यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानी तर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यासब्याक योजना दिंदै आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११८ शाखारहित बैंकिङ्ग सेवा, १,७०० भन्दा बढी पिओएस मेसिन र २०,००० भन्दा बढी क्युआर मर्चेन्ट मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।



About Us
प्रतिक्रिया