आइतबार पनि डलरको भाउमा नयाँ रेकर्ड, नेपाली रुपैयाँ इतिहासकै कमजोर हुदाँ अन्य विनिमय दर यस्तो


बैंकिङ्ग समाचार, काठमाडौं ।
अमेरिकी डलरको भाउ निरन्तर बढ्दो क्रममा देखिएको छ। बढ्दो क्रममा रहेको डलरको भाउ आइतबार पनि नयाँ उचाइमा पुगेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आइतबार अमेरिकी डलर १ को खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८९ पैसा पुगेको छ ।

शुक्रबार अमेरिकी डलरको भाउ १२८ रुपैयाँ ६७ पैसा पुगेको थियो । त्यो रेडकर्डलाई तोड्दै आइतबार डलरको भाउले अर्को रेकर्ड बनाएको हो ।

आइतबारका लागि  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यसैगरी, युरो १ को खरिद दर १२६ रुपैयाँ ०२ पैसा र बिक्री दर १२६ रुपैयाँ ७९ पैसा कायम गरिएको छ । 

त्यस्तै पाउन्ड स्टर्लिङ १ को खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसा, फ्रेङ्क १ को खरिद दर १३१ रुपैयाँ ८७ पैसा र बिक्री दर १३२ रुपैयाँ ४९ पैसा, अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ०१ पैसा र बिक्री दर ८५ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर १ को खरिद दर ९५ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ०८ पैसा रहेको छ ।

\"\"