कुमारी बैंकको १ नयाँ शाखासहित १० एक्सटेन्सन काउण्टर एकैपटक सञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंकले आफ्ना सञ्जाल विस्तार गर्ने क्रममा एक नयाँ शाखा र १० एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा चन्द्रागिरी नगरपालिकामा गुर्जुधारा शाखा र विभिन्न स्थानमा एक्सटेन्सन काउन्टरहरू सुचारु गरेको हो ।

बैंकले काठमाडौंको बल्खु, ईन्द्रायणी, गैरीगाँउ, झोर, आरुवारी, जैसिदेवल, महाराजगंज, छाउनी, भक्तपुरको नेकोसेरा र धनुषाको जनकपुरधाममा गरी थप १० वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

विगत २१ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले हाल १९९ शाखा संजाल, १९५ एटिएम, ३४ एक्सटेन्सन काउन्टर तथा ५३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । 

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।