अर्थ मन्त्री शर्माको घोषणाः पालुङ्गटारलाई स्मार्ट सिटि बनाउछौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, पालुङ्गटार, गोरखा ।
अर्थ मन्त्रि जनार्दन शर्माले इतिहास र बर्तमानमा राजनैतिक उचाइ हासिल गरेको गोरखा जिल्लाले यतिबेला विकास निर्माण  र समृद्धिको सन्दर्भमा न्याय खोजेको  बताएका छन् । त्यसको लागि एतिहासिक  लिगलिगकोट र आधुनिक पालुङ्टारलाई जोडेर राजनैतिक इतिहास सहितको पर्यटन विकासलाइ अगाडि बढाउनुपर्ने बताएका छन् ।

पालुङ्टारलाई सुचनाप्रबिधिमा  अघि बढाइ स्मार्ट सिटि बनाउनुपर्ने भन्दै  संघीय सरकार र अर्थमन्त्रालयबाट यसकोलागि सम्पूर्ण सहयोग  हुने उनले बताए । ‘स्मार्ट सिटिमा गरिवी र अभाव भन्ने कुरा हुँदैन । पालुङ्गटारले त्यो समृद्दिको उचाइ पनि हासिल गर्नेछ ।’ उनले अहिले देशलाई उत्पादनसँग जोडेर आयातित वस्तुलाई विस्थापन गर्नुपर्नेमा पनि जोड दिए ।

‘नजिकै नदि बगिरहेको छ तर हामीले हाम्रा सुख्खा टार सिञ्चाइ गर्न सकिरहेका छैनौँ, यो पानीलाइ टारमा ल्याउने योजना प्राथमकितामा राख्नुपर्दछ । यसकालागि सरकारले पर्याप्त बजेट प्रदान गरेको छ बजेट खर्च गर्दै कामलाइ द्रुत गतिमा अघि बढाउन अनुरोध गर्दछु’, मन्त्री शर्माले पालुङ्गटारमा उपस्थित स्थानिय जनतालाई सम्बोधन गर्दै यस्तो बताए ।  

देशमा एउटा पनि मल कारखाना नभएको र जापानिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत आपुर्तीका कारणले आफूले यसै क्षेत्रलाइ सिफारिस गरेको उनले बताएका छन् । नेपालको मध्य पहाडी लोकमार्ग पालुङ्टार भएर अघि बढेको बताउदै उक्त राजमार्ग निर्माणको योजना माओबादि सरकारले ल्याएको पनि स्मरण गराए ।

सरकारले लिएको राम्रो आर्थिक नीतिका कारण अहिले नेपालका आर्थिक सुचाङ्कहरु सकरात्मक अवस्थामा पुगेका बताउदै उनले  केही तरलताको अभाव अझै कायम रहेको र  यसमा सरकारले काम गरिरहेको पनि बताएका थिए । बैंकमा व्याज पाउने उदेश्यले पैसा थुपारेर उत्पादन नहुने बताउदै बैंकले दिने गरेको व्याज घटाउन सरकार लागि परेको स्पस्ट पार्दै सबै नागरिकहरुलाइ आत्मनिर्भर बनाउन सरकारले सक्दो प्रयास गर्ने उनले बताएका छन् ।