बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन बैंक लिमिटेडले विक्री गरेको साढे १० प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले भदौ १५ गतेदेखि २९ गतेसम्म विक्री गरेको ऋणपत्र असोज ४ गते बाँडफाँट गरेको हो ।
बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामको सात वर्षे अवधिको ऋणपत्र बाँडफाँट गरेको हो । बैंकले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका रू. २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा वितरण गरेको हो । कुल कित्ता ऋणपत्रमध्ये रू. १ अर्ब ५० करोड बराबरको १५ लाख हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गरेको हो ।
रू. १ अर्ब बराबरको १० लाख कित्ता शेयरमध्ये ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको थियो । सामूहिक लगानीकोषबाट ५ हजार कित्ताको लागि मात्र आवेदन परेको जानकारी बैंकले दिएको छ । सामूहिक लगानीकोषहरूमा वितरण हुन नसकेको बाँकी शेयर समेत जोडेर सर्वसाधारणमा वितरण गरेको छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
प्रतिक्रिया