नेप्समा आज ३८.८१ अंकको गिरावट, कारोबार रकम १ अर्ब २२ करोड माथि

नेप्समा आज ३८.८१ अंकको गिरावट, कारोबार रकम १ अर्ब २२ करोड माथि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३८.८१ अंकले घटेर १ हजार ८ सय ३७ दशमलब ६० विन्दुमा बन्द भएको हो । 

त्यस्तै, आज नेप्सेमा १ अर्ब २२ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था र एनएमबी ५० को शेयरमूल्य आज ३ प्रतिशत भन्दा बढीले बढेको हो । 

नेप्सेका अनुसार कालिका पावर कम्पनीको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरीको भएको छ । यसको आज ५ करोड ६५ लाख भन्दा बढीको कारोबार भएको छ ।