कुमारी बैंकले ल्यायो चाडपर्व लक्षित आकर्षक योजनाहरुः ग्राहकले इलेक्ट्रिक स्कुटरदेखि आइफोनसम्म जित्न सक्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंकले दशैं, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गर्दै बिभिन्न योजनाहरु ल्याएको छ । दशैंमा डिजिटल कारोबार गर्नलाई प्रोत्साहन गर्ने उदेश्यले ग्राहकले प्रत्यक्ष रुपमा महसुस गर्नेगरि बिभिन्न योजनाहरु ल्याएको बैंकले जनाएको छ ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने प्रमुख लक्ष्य सहित ल्याइएको यस योजनालाई बैकले 'डिजिटल धमाका अफर' नाम दिएको छ । यस योजनाका लागि बैंकले फोनपे र एफवन सफ्टसँग सहकार्य गरेको छ ।

यस योजनाअनुसार मोबाइल बैङ्किङ्ग मार्फत टप अप गर्ने ग्राहकले आइफोन १३ जित्न सक्नेछन । यस योजनामा सहभागी हुनलाई ग्राहकले कम्तिमा २०० रुपैयाँ बराबर पांच पटकसम्म टप-अप गर्नुपर्नेछ । यो योजना यहि असोज ४ गतेदेखि कात्तिक १३ गतेसम्म रहनेछ ।

त्यस्तै बैंकले भिजा कार्डका ग्राहक, मोबाइल बैंकिंङको क्युआर कोड मार्फत कारोबार गर्ने ग्राहकलाई लक्षित गरि दशैं तिहार तथा छठ पर्वसम्मका लागि ल्याएको अर्को योजनामा ग्राहकले ३०० रुपैयाँ फिर्तादेखि इलेक्ट्रिक स्कुटरसम्म जित्न सक्नेछन । यो योजना असोज १० देखि २३ असोजसम्म तथा ७ कात्तिक देखि १३ कात्तिकसम्म रहनेछ ।

\"\"

त्यस्तै बैंकले मोबाइल बैंकिंग मार्फत टप अप गर्दा वा मोबाइल बैंकिंग मार्फत दशैंमा दक्षिणा दिंदा शतप्रतिशत नगद फिर्ता योजना ल्याएको छ । यो योजना १९ असोजदेखि टीका साइतसम्म रहनेछ ।

कुमारी बैंकले आफ्ना देशभर रहेका आफ्ना १९८ शाखा, १९५ एटिएम, ५३ वटा शाखा रहित बैंकिंग, २४ एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिंग सेवा प्रदान गरिरहेको छ ।